मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य बढेन

 साउन १५, २०७५ मंगलबार १०:४८:१४ | उज्यालो सहकर्मी

काठमाडौं – रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य मंगलबार पनि सोमबार जस्तै छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया