सिन्धुपाल्चोकको बलेफी सडकखण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

 साउन १६, २०७५ बुधबार ८:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको बलेफी सडकखण्डमा पहिरो खसेको छ । पहिरोका कारण यो खण्ड हुँदै काठमाडाैं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप आउने जाने गाडी प्रभावित भएका छन् । 

सिन्धुपाल्चोकको खाडीचौर, लामोसँघु, बार्हबिसे जाने आउने गाडी चलेका छैनन भने रामेछाप, दोलखा जाने आउने गाडी काभ्रेको बनेपा हुँदै फुर्कोट निस्कने वैकल्पिक मार्गबाट पास भइरहेका प्रहरीले जनाएको छ ।

भूकम्पका कारण सिन्धुपाल्चोकको बलेफी खण्डमा पहिरोको जोखिम धेरै छ । यस अघि पनि यो खण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित भएको थियो । यस्तै राति खसेको पहिरोका कारण नुवाकोटको विदुर नगरपालिका ३ मा पनि सडकखण्ड अबरुद्ध भएको छ । 

मध्य पहाडी लोकमार्गको यो खण्डमा पहिरो जाँदा त्यहाँ बाट धादिङ निस्कने गाडी चल्न सकेका छैनन् । प्रहरीका अनुसार अरु क्षेत्रमा भने यतिबेला गाडीको आवागमन सामान्य छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया