सिमा क्षेत्रमा ५९ वटा सिमा स्तम्भ निर्माण

 साउन १६, २०७५ बुधबार १०:४०:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  दाङमा नेपाल – भारत सिमा क्षेत्रमा ५९ वटा सिमा स्तम्भ निर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको थियो ।

इट्टा र सिमेन्टले बनाएको सीमा स्तम्भ भत्किन थालेपछि पुनः निर्माण कार्य सुरु गरिएको हो । दुई देशको सहमतिमा जीर्ण भएको ५९ वटा सीमा स्तम्भ पुनः निर्माण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ  ।

अब, पाँच वटा स्तम्भ निर्माण हुन बाँकी छ । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर र भारततर्फ जोर नम्बरका सीमा स्तम्भ निर्माण गरिएको छ । जसमा नेपालतर्फ १४ मुख्य र २१ सहायक सीमा स्तम्भ रहेको छ ।

अब, चार वटा मुख्यसहित पाँच सीमा स्तम्भ नेपालतर्फबाट निर्माण हुन बाँकी रहेको सीमा सुरक्षा बल अर्जुनखोलाका शसत्रप्रहरी उपरीक्षक  तुलसीराम दाहालले जानकारी दिनुभयो ।  दाङ र भारतको सिमाना ८३ किमी लम्बाईमा ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया