बार्सिलोनाले खायो ८ मिनेटको अन्तरमा ३ गोल, रोमासँग ४–२ ले पराजित

 साउन १६, २०७५ बुधबार १२:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब रोमासँग पराजित भएको छ । 

टेक्सासमा भएको खेलमा बार्सिलोनालाई रोमाले ४–२ ले हरायो । मुख्य खेलाडी अनुपस्थितिमा बार्सिलोनाले दुई पटक अग्रता लिएको थियो । तर रोमाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्‍यो । 

खेलको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा स्टेफान एल सारावेले रोमाका लागि यो गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

हालैमात्र बार्सिलोनामा आबद्ध भएका माल्कमले ४९औं मिनेटमा गोल गर्दै क्लबलाई पुनः अग्रता दिलाए । तर खेलको अन्तिम तिर बार्सिलोनाले आठ मिनेटको अन्तरमा तीन गोल खायो ।

 ७८औं मिनेटमा अलेसान्द्रो फ्लोरेन्जी, ८३औं मिनेटमा बार्यन क्रिष्टान्टे र ८६औं मिनेटमा डिएगो पेरोट्टीले गोल गर्दै रोमालाई ४–२ को जित दिलाए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया