चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
नेदरल्याण्ड्स विरुद्ध पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको नेपालले राम्रो प्रदर्शन गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गर्न मैदान उत्रिएको नेपाली टिमले अहिले सम्म चार विकेट लिएको छ ।
नेपालले २० ओभरको खेलसम्म पाँचजना बलरलाई बल थमाईसकेको छ । एकदिवसीयमा एक जना बलरले अधिकतम १० ओभर बलिङ गर्न पाउने नियम छ ।
पहिलो नम्बरमा बल लिएका सोमपाल कामीले ५ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेका छन् ।
उनले २१ रन खर्चिएर १ विकेट लिए । उनले ओपनिङ ब्याट्सम्यान डेनियल ब्राकलाई आउट गरे । ११ बल खेलेका ब्राकले १ रन मात्रै बनाएका थिए ।
यसैगरी दोस्रो नम्बरमा आएका करन केसीले अहिलेसम्म ४ ओभर बलिङ गर्दा २७ रन दिएका छन् ।
उनको नाममा विकेट हात पर्न सकेको छैन । यसैगरी तेस्रो नम्बरमा आफैं बल लिएका कप्तान पारस खड्का भने केही हदसम्म सफल देखिएका छन् ।
उनले ६ ओभर बलिङ गर्दा जम्मा १४ रन खर्चिएर २ विकेट हात पारेका छन् ।
उनले वेज्लीे ब्यारेसीलाई आरिफ शेखबाट क्याच आउट गराए भने, बेन कुपरलाई एलबीडब्लुको धरापमा पारे ।
यसैगरी सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर १ विकेट लिएका छन् । सन्दिपले स्टेफन माइबर्गलाई आउट गरेका थिए । माइबर्गले ३२ बलमा ४ चौका र एक छक्का सहित २९ रन बनाएका थिए ।
पाँचौ बलरको रुपमा बसन्त रेग्मीले बल लिएका छन् । उनले १ ओभर बलिङ गर्दा ६ रन खर्चिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।