फोटो अफ् द इयर विजेता श्रेष्ठले दिए कमल सदाका बुवालाई एक लाख

 साउन १६, २०७५ बुधबार १९:२९:३३ | उज्यालो सहकर्मी

काठमाडौं – यस वर्षको फोटो अफ् दि इयर विजेता नरेन्द्र श्रेष्ठले आफूले पुरस्कारमा पाएको एक लाख रुपैयाँ डुबानमा परि गएको वर्ष ज्यान गुमाएका पाँच वर्षीय कमल सदाका बुवालाई दिनुभएको छ ।  

पीजे क्लबद्वारा आयोजित प्रतियोगितामा नरेन्द्र श्रेष्ठले खिचेको शप्तकोशीमा कमल सदालाई बगाउँदै गरेको तस्बिर प्रथम भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे हातबाट श्रेष्ठले कमल सदाका बुवा पुदन सदालाई एक लाख रुपैयाँ दिनुभएको हो । 

कमलका बुवा फुदनले त्यो पैसाले ४ कठ्ठा जग्गा भाडामा लिएर गाउँमै खेती सुरु गर्ने योजना सुनाएको नरेन्द्र श्रेष्ठले बताउनुभयो । 

याे पनि पढ्नुहाेस्

कोशीमा बग्दै गरेको कमल सदाको शवको तस्बिर : फोटो अफ् इयर

तस्बिर - नरेन्द्र श्रेष्ठकाे ट्विटरबाट

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • सरोज बस्नेत

    Aug. 1, 2018, 7:41 p.m.

    ती बालकको डुबानमा परी मृत्यु भाको हैन ! निमोनियाको कारण भाको हो ! बाढीको कारण जलाउने र गाड़ने स्थानको अभाबका कारण बालकको मृत सरीरलाई पानीमा बगाइएको थियो

  •  0 Reply

तपाईको प्रतिक्रिया