चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
एकदिवसीय क्रिकेटमा डेब्यू खेल खेलिरहेको नेपाल नेदरल्याण्डस विरुद्ध कठिन मोडमा पुगेको छ ।
कप्तान पारस खड्का गुमाएपछि आरिफ शेख, बसन्त रेग्मी, सोमपाल कामी खाता खोल्न नपाउदै मैदानबाट बाहिरीएपछि नेपाल हार नजिक पुगेको छ । त्यसमा पनि भरपर्दा खेलाडी शरद भेषवाकरलाई औलाको चोटले सताएपछि नेपाललाई दबाव बढेको हो ।
एक सय ९० रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात भने निकै राम्रो गरेको थियो । एकदिवसिय डेब्यु खेलमा नै अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि अनिल शाहसँग ५८ रनको साझेदारी गरेका थिए । तर अनिल २१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले पनि ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी गर्न खोजे पनि व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । तर नेपालको ८७ रन हुदा ओपनर तथा डेब्यु खेलमा ५१ रन बनाएका ज्ञानेन्द्र आउट हुँदा नेपालले ८७ रनमा अर्को विकेट गुमायो ।
तर आरिफ, बसन्त र सोमपाल लगातार रुपमा आउट भएपछि नेपाल एकाएक दबावमा आयो । त्यसमा पनि फिल्डिङका क्रममा औलामा चोट बोकेका शरद आफ्नो पोजिसनमा ब्याटिगमा नआएपछि नेपाललाई झन दबाव भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । त्यसपछि कुनै खेलाडी पनि राम्रोसँग खेल्न सकेनन् ।
अहिले क्रिजमा शक्ति गाैचन र शरद भेषावकर रहेका छन् । ताजा अवस्थामा नेपालले ३८ अाेभरकाे समाप्तिमा १२४ रन बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।