नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या १३ पुग्याे

 जेठ २४, २०७७ शनिबार १७:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या १३ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी ४ की ५५ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उहाँको डायलासिस गर्ने क्रममा मृत्यु भएकाे र कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

मृतक महिलामा कोरोनाको कुनै सङ्केत नदेखिएको प्रवक्ता देवकाेटाले बताउनुभयो ।

यस्तै डोल्पाको जगदुल्लाहमा २१ गते राति ज्यान गुमाएका ५८ वर्षीय व्यक्तिको कोरोना परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया