बन्द मालपोत कार्यालय आजदेखि खुले, जग्गा प्रशासनसम्बन्धी सेवा नहुने

 जेठ २५, २०७७ आइतबार १२:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशका धेरै ठाउँका मालपोत कार्यालय आज खुलेका छन् ।

लकडाउन सुरु भएपछि बन्द भएका मालपोत कार्यालय पुन सञ्चालन गर्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएपछि कार्यालय खुल्न थालेका हुन् ।

तर कार्यालय खुले पनि भूमिसुधार तथा मालपोत कार्यालयहरुबाट कार्यालयका आन्तरिक प्रशासन, अभिलेख व्यवस्थापन, मुआब्जा र जग्गाको न्यूनतम मूल्य निर्र्धारण, अड्डा अदालत तथा सरकारी निकायसँग सम्बन्धित आन्तरिक काम मात्रै हुने स्पष्ट पारिएको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले आज विज्ञप्ति निकालेर कार्यालयमा नै पुगेर सेवाग्राहीले सेवा लिने जग्गा प्रशासन सम्बन्धी अन्य सेवा भने नदिईने जनाएको छ ।

यी सेवाहरु कसरी सञ्चालन गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको र कुनै निर्णय भएपछि जानकारी गराइने विभागका सूचना अधिकारी संजिब नेपालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया