चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडौं – खेलाडी छनोटको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको भन्दै नेपालका मुख्य प्रशिक्षक डान टेलेर्काले असन्तुष्टि व्यक्त गरेका छन् ।
एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षणमा जान लागेको नेपाली टिमको बिदाईका क्रममा प्रशिक्षक टेलेर्काले छनोटप्रति असन्तुष्टि व्यक्त गरे । प्रशिक्षणमा अब्बल भएका केही खेलाडीलाई छुटाएको आरोप प्रशिक्षकको छ ।
प्रशिक्षक टेलेर्काले ६० केजी तौल समूहमा सुदेश दोङ प्रशिक्षणमा निकै राम्रो भए पनि उनलाई मौका नदिइएको असन्तुष्ट भएका हुन् । प्रशिक्षक टेलेर्काले प्रश्न गरे, ‘हामीसँग राम्रा खेलाडी नभएका होइनन् तर कोसँग सल्लाह गरेर खेलाडी छनोट गरियो ?’ ‘प्रशिक्षण र प्रतियोगिता सन्तुलित हुन जरुरी छ’, उनले थपे ।
एसियाली खेलकुदमा नेपालबाट ६ खेलाडीले मात्र सहभागिता जनाउनेछन् । सुमित्रा राई र संजय महर्जन वैकल्पिक खेलाडी हुन् भने उमेश मगर र इन्द्रबहादुर श्रेष्ठलाई भने थाइल्याण्ड इन्टरनेसनल प्रतियोगिताको अघिल्लो संस्करणमा काँस्य जितका कारण पुनः मौका दिइएको नेपाल जुडो संघले जनाएको छ ।
प्रशिक्षक टेलेर्काको प्रश्नमा जवाफ दिँदै नेपाल जुडो संघका अध्यक्ष बज्राचार्यले भने, ‘केही खेलाडीलाई स्पाइरिङ पार्टनरको आवश्यकता छ भने केही खेलाडीले अघिल्लो संस्करणमा पदक जितेका कारण उनीहरुलाई छनोट गरिएको हो । बोर्ड र प्रशिक्षकको सल्लाहमा नै खेलाडी छनोट गरिएको हो । छनाटको सम्बन्धमा तपाईँलाई कसरी जानकारी भएन त्यसबारे म अनविज्ञ छु ।’
‘आर्थिक कारणले गर्दा धेरै खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता गराउन नसकिएको हो ।’
आउँदो १७औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीलाई विशेष प्रशिक्षण दिनका लागि टेलेर्का सात महिनाअघि नेपाल आएका थिए । उनलाई अन्तर्राष्ट्रिय जुडो संघले एक वर्षका लागि नेपाल पठाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।