नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मत जारी

 साउन १८, २०७५ शुक्रबार १२:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द काठमाडौं धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द गरिएको छ ।

नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मतको काम भैरहेको हो ।

अस्थायी रुपमा मर्मतको काम सकिएपछि केहीबेरमै उडान र अवतरण नियमित हुने वमानस्थल कार्यालयका प्रवक्ता प्रेमचन्द्र ठाकुरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले बाहिरबाट आएका जहाज आकाशमा होल्ड भएका छन् ।

शुक्रबार बिहान उडान र अवतरण भैरहेको बेला धावनमार्गमा चिरा परेको देखिएलगत्तै केहीबेर विमानस्थल बन्द गरिएको थियो । पछि आकाशमा धेरै जहाज होल्ड भएपछि ती सबैलाई अवतरण गराएर फेरि विमानस्थल बन्द गरेर मर्मतको काम भैरहेको हो ।

त्रिभुवन विमास्थलको धावनमार्ग पटकपटक बिग्रने गर्दा उडान र अवतरण प्रभावित हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया