संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु

 साउन १८, २०७५ शुक्रबार १३:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु भएको छ । 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईबारे निर्णय लिन पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको हो ।

बुधबार बसेको समितिको पछिल्लो बैठकले शुक्रबार प्रस्तावित प्रधानन्यायाधिश जोशीको सुनुवाईबारे ठोस निर्णय लिने जनाएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) प्रस्तावित प्रधानन्यायाधिश जोशीलाई अस्विकृत गर्न सर्वसम्मत निर्णय गर्ने दाउमा रहेको छ भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस जोशीलाई नै प्रधानन्यायाधिश बनाउनुपर्ने अडानमा रहेको छ । 

प्रमुख दुई दलका फरक–फरक अडानका कारण गत श्रावण १० गते नै सुनुवाई सकिए पनि जोशीलाई के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन ।

 जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र माथि पनि  प्रश्न उठेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोशीलाई प्रस्तावित प्रधानन्यायाधिश बनाउन नहुने पक्षमा उभिएको छ । कायममुकायम प्रधानन्यायाधीश जोशी जग्गाको मुद्दा फैसलासम्बन्धी विवादमा पनि तानिनु भएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया