हिग्वेन युभेन्टसबाट मिलानमा, बोनुचि मिलानबाट युभेन्टसमा

 साउन १८, २०७५ शुक्रबार १३:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनी फरवार्ड गोञ्जालो हिग्वेनलाई युभेन्टसले एसी मिलान पठाएको छ । 

३० वर्षे हिग्वेनलाई युभेन्टसले लोनमा सिरि ए प्रतिद्वन्द्वी मिलानमा पठाएको हो । हिग्वेनलाई मिलान पाठउँदै युभेन्टसले डिफेन्डर लियोनार्दो बोनुचिलाई क्लब भित्र्याएको छ । 

हिग्वेन लार्इ मिलानले १८ मिलियन युरोमा एक वर्ष खेलाउनेछ ।

 एक वर्षभित्रमा उनलाई स्थाई अनुबन्ध गराउन समेत सक्नेछ । तर स्थायी अनुबन्धका लागि मिलानले ३६ मिलियन युरो खर्च गर्नुपर्नेछ ।

हिग्वेन इंग्लिस क्लब चेल्सी जाने चर्चा चलिरहेको थियो । हिग्वेनले गत सिजन सिरि ए मा १६ गोल गरेका थिए ।

बोनुची भने गत सिजन युभेन्टसबाटै मिलान गएका थिए । 

एक सिजनमात्र बिताएका बोनुचि र काल्डाराका लागि मिलानले ३५ मिलियनमा खर्च गरेर क्लब भित्र्याएको हो ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया