संसदीय सुनुवाइ समितिले गर्‍याे प्रधानन्यायाधीशमा जाेशीकाे नाम अस्वीकृत

 साउन १८, २०७५ शुक्रबार १४:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ – संसदीय सुनुवाइ विषेश समितिले दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको छ ।

सुनुवाई भएको ९ दिनपछि समितिले दुई तिहाई बहुमतबाट जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको हो । नेपालको संसदीय इतिहासमा सम्बन्धित पदमा सिफारिस व्यक्तिको नाम सुनुवाइ समितिले पहिलो पल्ट अस्वीकृत गरेको हो ।

न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारी र राजदूतहरुको नाम संसदीय सुनुवाई विषेश समितिबाट अनुमोदन हुनु पर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गर्ने भएपछि नेपाली कांग्रेसका सांसदले भने सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् ।

जोशीको कार्य सम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको लगायत कारणले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमका १० जना सांसदले जोशीको विपक्षमा मतदान गरेका थिए ।

मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसले न्यायालय सम्बन्धी गम्भीर विषयमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै जोशीको नाम पारित गर्नुपर्ने वा छानविन समिति बनाउनुपर्ने माग गरेको थियो । १५ सदस्यीय समितिमा  कांग्रेसका ४ जना मात्र सांसद सदस्य छन् । 

कसले के भने ?

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया