भानुभक्त ढकाल बने नयाँ कानुनमन्त्री, अर्यालको बढुवा !

 साउन १८, २०७५ शुक्रबार १४:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएपछि शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिनुभएको थियो । 

त्यस्तै प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनु भएकी पद्मा अर्याललाई बढुवा गरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीकै जिम्मा दिइएकाे छ  । नवनियुक्त मन्त्रीहरुको सपथ आजै चार बजे राष्ट्रपति भवन शीतल निवास गर्ने तयारी छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया