सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २ हजार ११४ पुग्यो

 असार १३, २०७७ शनिबार १७:५९:५९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा शनिबार दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शिक्षण अस्पताल काठमाण्डौ, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाजुराका ८६, डोटीका ६१, कैलालीका २५, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका आठ/आठ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६, बैतडीका ६ महिला र १८ पुरुष गरी २४, कैलालीका दुई महिला र ६ पुरुष गरी आठ, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी आठ, बाजुराका एक महिला र तीन पुरुष गरी चार, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो।

उहाँका अनुसार शिक्षण अस्पताल काठमाण्डौमा गरिएको परीक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ । वीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै पालिका नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताउनुभयो । 

उहाँका अनुसार डोटीका सात जनाको पालिका खुलेको छैन् भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना सङ्क्रमितमध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन् ।योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय १४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरमा तीन सय, डडेल्धुरामा दुई सय, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछाममा एक सय ३९, बाजुरामा दुई सय २१, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भएकाे भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया