कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको ज्यान गयाे

 असार १५, २०७७ सोमबार १८:५४:३४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा साेमबार भएको दुर्घटनामा बाबुछोराको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सैनामैना १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३२ वर्षीय छाेरा सन्तोष परियारकाे ज्यान गएकाे हाे । 

पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च ८५२९ नम्बरको कार र पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सैनामैना ८ रामापुर कलौनी नजिक शान्ति टोलमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको ज्यान गएकाे हाे । दुर्घटनापछि गम्भीर घाइते भएका बाबुछोराको लुम्बिनी प्रोदेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे प्रहरीले बताएकाे छ ।

मृतक सन्तोष इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेको बताइएको छ ।

कारमा सवार चार जनामध्ये एक जना सामान्य घाइते भएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया