दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र
जेठ २, २०८१ बुधबार
कैलाली – सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेशमा एकैदिन काेराेना सङ्क्रमणकाे पुष्टि हुनेकाे सङ्ख्या याे अहिलेसम्मकै धेरै हाे । धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार पाँच सय ३५ पुगेको छ ।
काेराेना सङ्क्रमितकाे सङ्ख्या हेर्ने हाे भने प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ पछि सुदूरपश्चिम तेस्राे स्थानमा छ ।
शुक्रबार सङ्क्रमण पुष्टि भएकामा अन्य प्रयोगशालामा भएको परीक्षणमा कुन जिल्लाका कति नखुले पनि धनगढीमा भएको परीक्षणमा पुष्टि भएका सङ्क्रमितको जिल्ला र पालिका खुलेको छ ।
धनगढीमा शुक्रबार भएको परीक्षणमा नाै महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आदर्श गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका सात जना, बैतडीको मेलौलीका तीन जना, मङ्गलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेरा गाउँपालिका, डोटीको शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिममा कोरोना पुष्टि भएकामध्ये सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।