रोल्पामा काेराेनामुक्त भएर घर फर्किनेकाे सङ्ख्या ४१

 असार २०, २०७७ शनिबार २१:४३:५८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा अहिलेसम्म ४१ जना कोरोना सङ्क्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

सदरमुकाम लिबाङमा रहेको कोभिड-१९ आइसोलेशन केन्द्रबाट ४० जना र सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनबाट एक जना कोरोना निको भएर घर फर्किएका हुन् । 

कोरोना सङ्क्रमण पुष्टि भइ आइसोलेशनमा भर्ना भएकाहरुलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने निर्देशनअनुसार उनीहरुलाई घर पठाइएको आइसोलेसनका डाक्टर सपना कर्णले बताउनुभयो । 

डिस्चार्ज हुनेमा एक बालिकासहित चार महिला र ३७ पुरुष रहेका छन् । आइसोलेशनबाट डिस्चार्ज भएका ४१ र आमासँगै रहेका १३ र १५ महिनाका दुई जना बच्चाको स्वाब सङ्कलन गरी परीक्षणकाे लागि प्रदेश प्रयोगशाला बुटवल पठाइएको छ । अहिले चार पुरुष र दुई महिला सङ्क्रमित आइसोलेशनमा उपचारत रहेको डाक्टर कर्णले जानकारी दिनुभयो ।

रोल्पामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया