नेपाललाई पाँचौं सफलता, बसन्तले लिए विकेट

 साउन १८, २०७५ शुक्रबार २१:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बसन्त रेग्मीको खेलको पहिलो विकेटसँगै नेपालले नेदरलयाण्डविरुद्ध पाँचौं सफलता हात पारेको छ । 

२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डका लागि मिचेल रिप्पनलाई बसन्त रेग्मीले पारस खड्काबाट क्याच आउट गराए । रिप्पनले  ३ रनमात्र बनाएका थिए । त्यसअघि २९औं ओभरमा दुई विकेट लिन सफल भएको छ । 

२९औं ओभरमा सन्दिप लामिछानेले डेनियल टेर ब्राकलाई आउट गरेका सन्दिप लामिछानेले छैटौं बलमा लिडीलाई आउट गर्न सफल भए । ब्राक र वारेसीको ८४ रनको साझेदारी तोडेका थिए ।

ब्राकले व्यक्तिगत ३९ रन बनाएका थए । त्यसबमे लगत्तै क्रिजमा आएका बास डि लिडीलाई पनि सन्दिपले विकेटकिपर सुवास खकुरेलबाट क्याचआउट गराए । 

२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले अहिले पाँच विकेटको षतिमा १२७ रन बनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया