कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल म...
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडाैं - एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स गएको नेपाली क्रिकेट टाेली अाइतबार स्वदेश फर्किने भएको छ ।
२ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टाेली श्रृङ्खला बराबरी गर्दै फर्कन लागेको हो ।
पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो ।
गएकाे साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्याण्ड्समा भएको एकदिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो ।
त्यहाँ चार वटा अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टाेली नेदरल्याण्ड्स पुगेको हो ।
नेपाली टाेलीका सबै सदस्य भने सँगै नआउने भएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न युवा बलर सन्दीप लामिछाने उतैबाट जाने भएका छन् ।
क्यारेबियन प्रिमियर लिगमा ५ वटा खेल खेलेर सन्दीप मलेसियामा हुने एशियाकपको छनौट खेल्न उतैबाट मलेसिया आउने बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।