संविधानले परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न सकेन: काँग्रेस नेता सिटाैला

 साउन १९, २०७५ शनिबार १७:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताउनुभएको छ । 

महिला उत्थान केन्द्रले शनिबार काठमाडाैंमा गरेको कार्यक्रममा नेता सिटौलाले संबैधानिक निकायले निष्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताउनुभएको हो ।

केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उहाँले गर्नुभयो । 

उहाँले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्कासँग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकतातर्फ धकेल्ने दावी गर्नुभयो ।   

उहाँले संविधानले र्निदृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । 

संविधानले सबै वर्ग, जात जाति र भाषा–भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको दावी उहाँले गर्नुभयो ।

निर्धारित समयभित्र संविधान प्रदत्त अधिकार प्रत्याभूतिका लागि ऐन बन्न नसक्दा मुलुक थप संकटमा पर्ने तर्क उहाँको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया