हरियो तरकारीको भाउ केही घट्यो
कात्तिक २३, २०८१ शुक्रबार
वेष्ट इण्डिजसँगको दोस्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा बंगलादेश १२ रनले विजयी भएको छ । १ सय ७२ रनको लक्ष पाएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सकेपछि बंगलादेश विजयी भएको हो ।
योसँगै तीन ट्वेण्टी ट्वेण्टी खेलको शृंखला एक एकको बराबरीमा पुगेको छ । आन्द्रे फ्लेचर र रोभमन पोवेलले ४३ –४३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहेमान र नाज्लुम इश्लामले तीन तीन तथा सकिब अल हसनले दुई विकेट लिए ।
यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । बंगलादेशका तमिम इकबालले ७४ र सकिब अल हसनले ६० रन बनाए । तमिमले ४४ बलमा ६ चौका र ४ छक्कासहित ७१ रन बनाएका हुन् भने सकिबले ३८ बलमा ६० रन ९ चौका र १ छक्का प्रहार गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।