कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

 साउन २१, २०७५ सोमबार ७:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । उपाधि जित्ने क्रममा सिटीले चेल्सीलाई २–० गोलले हराएको हो । सिटीका लागि सर्जियो अगुरोले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

बेम्ले रंगशालामा फिल फोडनले डि बक्स बाहिर दिएको पासमा अगुरोले उत्कृष्ट गोल गरेका हुन् । यसैगरी ५८ औं मिनेटमा दोस्रो गोल पनि अगुरोले नै थपेका थिए । त्यसपछि कुनै पनि गोल हुन सकेन र सिटीले उपाधि जितेको हो ।

नयाँ सिजनको सुरुवात अघि हुने कम्युनिटी शिल्डका लागि दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिडेका हुन् । कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कपको विजेताबीच प्रस्पिर्धा हुन्छ । सिटीले प्रिमियर लिग तथा चेल्सीले एफए कप जितेका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया