जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेप्से परिसूचक सूचाङ्क साेमबार साढे सात अङ्कले बढेको छ । परिसूचक ७ दशमलव ५९ अङ्कले बढेर १४ सय ३ दशमलव ८६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
साेमबार हाइड्रोपावर, फाइनान्स र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ७४ अङ्कले बढेको छ । साेमबार एक अर्ब २९ करोड रुपैयाँ बराबरका ५३ लाख ४२ हजार कित्ता शेयर किनबेच भएका छन् ।
साेमबार प्रभु बैंक लिमिटेड प्रोमोटर शेयरको सबैभन्दा धेरै ३४ करोड २९ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड चार लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
साेमबार अजोड इन्स्योरेन्स लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । दिव्येश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै सात प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।