वेष्ट इण्डिजलाई हराउँदै बंगलादेशले जित्यो ट्वेण्टी ट्वेण्टी क्रिकेट शृङ्खला

 साउन २१, २०७५ सोमबार १४:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिजसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला बंगलादेशले जितेको छ ।

तेश्रो तथा अन्तिम खेलमा १९ रनले विजयी भएसँगै बंगलादेशले शृङ्खला जितेको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

पानी परेपछि डकवर्थ लुइन नियम अनुसार १ सय ५५ रनको लक्ष्य पाएको वेष्टइण्डिजले १७ ओभर १ बलमा १ सय ३५ रन मात्र बनाउन सक्यो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया