चिया विकास निगमका सिनियर एकाउन्टेटसहित चार जनाविरुद्ध भ्रष्टा...
बैशाख २८, २०८१ शुक्रबार
पर्सा - पर्सामा अस्पतालले भर्ना नलिएपछि उपचार अभावमा एक महिलाको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयाकी २० वर्षकी विष्णु लामाको ज्यान गएको हो । ज्वरोका कारण तीन दिनदेखि बिरामी लामाको उपचार नपाएर ज्यान गएको छिमेकी अजित भुजेलले बताउनुभयो।
उहाँलाई वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, बयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अन्तिममा नारायणी अस्पतालले अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर लैजान भनेको थियो ।
तर वीरगञ्ज हेल्थ केयर अस्पतालले पनि कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर भर्ना लिन नमानेको पीडित परिवारको गुनासो छ । गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहसँग फोन सम्पर्क गरेर बिरामीको अवस्था बताएपछि रातको २ बजे अस्पताल पुर्याएको भुजेलले बताउनुभयो । ज्यान गुमाएकी लामामा थाइराइडको पनि समस्या थियो ।
अस्पतालले कोरोना भाइरस परीक्षणका लागि उहाँको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट आउन भने बाँकी छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरेर नफर्काउन निर्देशन समेत दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।