नेपालमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन २७, २०७७ मंगलबार ११:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आज थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा ७० जना र गण्डकी प्रदेशमा ८ गरी ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश २ को वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी पनि परेका छन् । यस्तै गण्डकी प्रदेशमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

कास्कीको पोखरा महानगरपालिकाका ४ जना तथा बाग्लुङ र तनहुँका दुई/दुई जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । 

योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुगेको छ । तर आज सङ्क्रमण पुष्टि भएकाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । मन्त्रालयले अहिलेसम्म ४ लाख ५२ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १३ हजार ३ सय १० जनामा कोरोना पुष्टि भएको जनाएको छ । 

जसमध्ये १६ हजार ४ सय ९३ जना निको भएका छन्, ६ हजार ७ सय ३८ जना आइसोलेशनमा छन् । ७९ जनाको ज्यान गएको छ । प्रदेश २ मा मात्रै अहिले पनि ३ हजार १ सय ४४ जना आइसोलेशनमा छन् भने ३ हजार ३ सय ५७ जना निको भएका छन् । ३३ जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ मा ४ हजार १ सय ८१ जना निको भएका छन् ।

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया