अमेरिकाले लगायो इरानमाथि प्रतिबन्ध

 साउन २२, २०७५ मंगलबार ८:४:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार बिहानदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्र सँगै बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध लगाएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक दबाबका कारण नयाँ सम्झौताका गर्न इरान तयार हुने बताएका छन् । 

इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहोर्याएको हो । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

तर पारमाणविक सम्झौता रद्द गर्दै अमेरिकाले फेरि प्रतिबन्ध लगाएको हो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया