सर्लाहीको बरहथवामा डुबेर दुई जनाको ज्यान गयो

 भदौ ११, २०७७ बिहिबार १३:४५:१६ | रामबाबु खड्का

सर्लाही - सर्लाहीको बरहथवा नगरपालिकामा डुबेर दुई जनाको ज्यान गएको छ । 

आज बिहान बरहथवा नगरपालिका ३ हरजरियाका नविनकुमार महतोकी ३ वर्षीया छोरी पुनमकुमारी र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोकी १७ वर्षीया छोरी पुनमकुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हजरियाकी तीन वर्षकी बालिका घर नजिकै गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने मुर्तियाकी किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।


 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया