बिदामा आएकाहरु अझै मलेसिया फर्कन नपाउने

 भदौ १९, २०७७ शुक्रबार १६:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसियाबाट बिदामा आउनुभएको छ र कहिले काममा फर्कन पाइन्छ भन्ने पर्खाइमा हुनुहुन्छ भने अझै केही समय कुर्न पर्ने भएको छ ।

मलेसियाले विशेष व्यक्तिहरु बाहेक श्रमिकलाई अझै पनि मलेसिया प्रवेशमा रोक लगाएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सरकारले मलेसियाबाट बिदामा आएका श्रमिकलाई फेरि जानका लागि गएको असारदेखि नै पुनः श्रम स्वीकृति दिन थालेको हो ।

मलेसिया जानकै लागि पुनः श्रम स्वीकृति लिए पनि मलेसिया प्रवेशमा भने अनुमति दिइएको छैन । कोरोना भाइरसको बढ्दो जोखिमका कारण मलेसियाले विदेशी पर्यटकलाई पनि सन् २०२० भरी नै रोक लगाउने निर्णय गरिसकेको छ । मलेसियामा नियमित उडानहरु हुन थालेको छ ।

नियमित उडान भए पनि मलेसियाबाट फर्कन पाइन्छ। तर जाने भने मलेसियाले कहिलेदेखि खुलाउँछ भनेर यकिन नभएको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया