चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता

 जेठ ३, २०८१ बिहीबार १२:८:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौँ कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गर्नुभएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । यस भेटमा दुई देशबीच बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

यसैबीच पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएका खबरमा उल्लेख छ । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा पुटिनले युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुनेगरी सहमतिका लागि रुस बाधक नरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया