निजी विद्यालयमा विद्यार्थी लैजान स्वार्थ समूह सक्रिय भयाे : अने...
बैशाख ७, २०८२ आइतबार
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने र देशका अन्य ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागमा र बाँकी भू–भागको एक दुई ठाउँमा मेघगर्जन चट्टयाङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसूनको समय भएकोले मौसम पूर्ण रूपमा सफा पनि नहुने र ठूलो पानी पर्ने सम्भावना पनि छैन ।
मौसममा हिजो अस्तिको तुलनामा आजदेखि क्रमिक सुधार हुँदै जाने मौसमविद् झाले बताउनुभयो । आज काठमाण्डौमा पानी पर्ने सम्भावना छैन । भारतको आसम, झारखण्डलगायत ठाउँबाट विकसित प्रणालीका कारण नेपालमा पानी पर्ने मौसमी प्रणाली सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।