प्रकाण्डलाई पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, प्रकाण्ड भन्छन्: रातभर सुत्नै दिएनन्

 साउन २३, २०७५ बुधबार १८:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई  अनुमति दिइएको हो ।

मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जब्बरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।

यसैबीच, पक्राउ परेका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम गरेकाे प्रतिक्रिया दिनुभयो ।

उहाँले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी दिनुभयो ।

सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई छ ।

पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले जबरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • sOMNATH ADHIKARI

    Aug. 8, 2018, 7:30 p.m.

    नेकपामा प्रवेश गरि देश बिकासको अभियानमा लाग्न शुझाब छ साथै चन्दा मागी नागरिकलाइ दुख्ख नदिन अनुरोध छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया