कुवेतबाट नेपाल एअरलाइन्समार्फत काठमाण्डौ आउँदा पीसीआर परीक्षण अनिवार्य, होटल क्वरेण्टीनमा पनि बस्नुपर्ने

 भदौ २३, २०७७ मंगलबार १७:५४:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतबाट नेपाल एअरलाइन्समार्फत काठमाण्डौ आउँदा पीसीआर परीक्षण गरे पनि होटल क्वरेण्टीनमा बस्न पर्ने भएको छ ।

कुवेत - काठमाण्डौका लागि तय भएको आउँदो सेप्टेम्बर १४ को उडानमार्फत नेपाल फर्कने यात्रुले कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने तर नेपाल आएपछि पनि सात दिन होटल क्वरेण्टीनमा बस्नुपर्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सरकारले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रुहरु सिधै होम क्वरेण्टीनमा जान पाउने नियम बनाएको छ । तर नेपाल एअरलाइन्समार्फत कुवेतबाट फर्कनेले भने पीसीआर परीक्षण पनि गर्नुपर्ने र काठमाण्डौमा पनि होटल क्वरेण्टीनमा बस्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, हिमालय एअरलाइन्सको सेप्टेम्बर १५ र २९ मा हुने उडानमार्फत स्वदेश फर्कने यात्रुले भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । तर नेपालमा आएपछि होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । यसपछि हुने उडानको बारेमा भने फेरि अर्को जानकारी गराउने दूतावासले जनाएको छ ।

कुवेतबाट जजिरा एअरवेजमार्फत नेपाल फर्कने यात्रुले भने ७२ घण्टाभित्रको पीसीआर जाँच नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने र नेपाल आएपछि सिधै होम क्वरेण्टीनमा जान पाइने छ ।

होम क्वरेण्टीनमा १४ दिन अनिवार्य बस्नुपर्ने छ । कुवेत - काठमाण्डौ जजिरा एअरले सेप्टेम्बर १३, १९ र २६ मा उडान भर्दैछ । नेपाल फर्कने यात्रुले साथमा सीसीएमसीको फारम भरेर त्यसलाई प्रिन्ट गरी साथमा राख्नु पर्नेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया