थापाले आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै

 साउन २४, २०७५ बिहिबार ६:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा आज बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै हुनुहुन्छ । 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नुहुनेछ । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लाग्नुभएको हो । 

बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । विसं २०१७ भदौ २५ गते  लमजुङको गाउँशहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०७५

1 Comments

  • Bishnu Adhikari

    Aug. 9, 2018, 7:55 a.m.

    शुभकामना थापा जी , नेपाली जनताले नेपाली सेनालाई हाम्रो सेना हाे भन्ने मानसिकता तयार गर्नु हाेला,नेपालीको साख बडाउनु हाेला तपाईकाे मुल्यांकन त तपाईकाे कामकाे अबस्थामा हुनेनै छ धन्यवाद ।

तपाईको प्रतिक्रिया