तेह्रथुममा मल अभाव, आपूर्ति समिति नै निष्क्रिय

 साउन २४, २०७५ बिहिबार ८:५६:११ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमका किसानले आवश्यक मल नपाएको गुनासो गरेका छन् । सरकारी बेवास्ताका कारण जिल्लामा मल ढुवानी नहुँदा अभाव भएको हो । बाली लगाउने र गोडमेल गर्ने बेला मल अभाव हुँदा समस्या भएको किसानले गुनासो गरेका छन् । 

जिल्ला मल आपूर्ति तथा अनुगमन समितिको सिफारिसमा बर्सेनि मल ढुवानी तथा बिक्री वितरण हुँदै आएको थियो । तर यो वर्ष प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मल आपूर्ति तथा अनुगमन समिति निष्क्रिय रहेको छ । जिल्ला कृषि विकास कार्यालयमा रहने यो समिति काम विहीन छ । 

सरकारी सिफारिस नहुँदा यसअघि मल ढुवानी गरेर बिक्री गर्दै आएका सहकारी संस्थाहरुले मल ढुवानी गर्न नपाएको बताएका छन् । सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनीहरुमार्फत अनुदानमा वितरण गर्दै आएको छ । 

म्याङलुङमा मितेरी बहुउदेश्यीय सहकारी संस्था र फेदाप कृषि सहकारी संस्थाले मात्रै मल विक्री वितरण गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी माग युरिया, डीएपी र पोटास मलको रहेको छ । कार्यालयको सेवा सुविधा नै ठप्प भएपछि समिति पनि निष्क्रिय भएको र सिफारिस हुन नपाएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरु बताउँछन् । मल व्यवस्थापनका विषयमा पटक–पटक गुनासो आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो । 

उहाँले जिल्लाका लागि आवश्यक मलका लागि साउनभित्रै सिफारिस नदिए एक वर्षसम्म मल अभाव हुने सम्भावना रहेको बताउनुभयो । भखैरै मात्र जिल्लामा आउनुभएकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले आफूले त्यस विषयमा थप जानकारी लिएर प्रक्रिया अघि बढाउने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया