रोल्पाको माडीमा असोज एक गतेदेखि विद्यालय खुल्ने

 भदौ २९, २०७७ सोमबार ८:९:२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् ।

माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । 

गाउँपालिकामा अहिलेसम्म कोराना नदेखिएको र कोरोनाका कारण नयाँ शैक्षिक सत्र खेर जान नदिनका लागि सतर्कता अपनाउँदै विद्यालय खोल्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको माडी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँ शिक्षा समितिका सदस्य भरत बुढाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • oshodip

    Sept. 14, 2020, 9:23 a.m.

    रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् । माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन नगर्ने निर्णय गरेको हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया