आजको मौसम : दिनभरी घाम, साँझपख पानी

 साउन २४, २०७५ बिहिबार ९:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ । तर दिउँसोपछि देशभरी कै मौसम एकैछिन घाम लाग्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी पनि पर्ने सम्भावना छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने देखिएको छ । भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

भोलि दिउँसो प्रदेश १, २, ३, ४ र ५ मा ठूलो पानी पर्ने अनुमान छ । पानी परेपछि केही नदीमा बाढीको जोखिम समेत रहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया