अकामा र भिसा भएकाहरु भोलिदेखि साउदी प्रवेश गर्न पाउने

 भदौ २९, २०७७ सोमबार १६:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सेप्टेम्बर १५ अर्थात भोलिदेखि साउदीले विदेशी नागरिकलाई प्रवेश खुल्ला गर्ने भएको छ ।

साउदीको परिचयपत्र अकामा, बसोबासको अनुमति भएका र भिजिट भिसामा पनि साउदी अरब प्रवेशका लागि अनुमति दिइने निर्णय भएको अरब न्युजले खबर लखेको छ । तर त्यसका लागि साउदी पुग्नुभन्दा ४८ घण्टा अघिको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ ।

साथै साउदीले सरकारी कर्मचारी, सैनिक र कुटनीतिक नियोगका कर्मचारीलाई प्रवेशमा पनि रोक नलगाउने बताएको छ । साथै उपचारका लागि साउदी जान चाहनेका लागि पनि साउदीले प्रवेश खुल्ला गरेको छ ।

साउदी अरेबियाले सेप्टेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध केही खुकुलो बनाउँदैछ ।

साउदीले अर्को वर्ष अर्थात २०२१ जनवरी १ देखि भने हवाई उडानमा, जमिनमार्फत हुने प्रवेश र सामुद्रिक प्रतिबन्ध पूर्ण रुपमा खुल्ला गर्नेछ । तर परिस्थिति हेरेर आउँदो डिसेम्बरमा नयाँ यकिन मिति तय गर्ने साउदीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ghanshyamgiri

    Sept. 15, 2020, 7:14 a.m.

    म छुट्टीमा आएको हो ..भिसा अकमा खत्तम भयो, वापस आउनको लागि के गर्नुपर्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया