गुण्डा नाइके गणेश लामा दोषी ठहर, १ वर्ष कैद र डेढ कराेड बिगाे बराबरकाे जरिवाना

 साउन २४, २०७५ बिहिबार १७:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सम्पत्ति शुद्धिकरण मुद्दामा कारागारमा रहेका गुण्डानाइके गणेश लामा दोषी ठहरिएका छन् । 

दोषी ठहरिएपछि एक वर्ष कैद सहित श्रोत नखुलेको १ करोड ४० लाख रुपैयाँ जफत गर्न पनि बिहीबार अदालतले आदेश दिएको छ ।

गएकाे फागुनमा गाैशालाबाट पेस्ताेलसहित पक्राउ परेका  लामा हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा थिए ।

अदालतका न्यायाधीशहरु रत्न बागचन्द तथा दारिकामान जोशी का साथै अध्यक्ष बाबुराम रेग्मीको इजलासले यस्तो फैसला सुनाएको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया