छोरा अपहरणमा पर्‍याे भनेर प्रहरीलाई झुक्याउने व्यक्ति पक्राउ

 साउन २४, २०७५ बिहिबार २१:५:४६ | रासस

काठमाडौं – छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा लिएको हो । 

विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए । 

त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजतालस गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकालाई आवश्यक कानूनी कारबाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया