हरियो तरकारीको भाउ केही घट्यो
कात्तिक २३, २०८१ शुक्रबार
सीपीएलमा सन्दीप लागिछानेले आफ्नो डेब्यू शानदार बनाइरहँदा उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले भने ६ विकेटको पराजय ब्यहोरेको छ । त्यसैले सन्दीपको प्रदर्शन पनि छायामा परेको छ । आजको खेलमा सन्दीपले ४ ओभर बलिंग गरी २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाउँदा ओपनर तथा कप्तान क्रिश गेल एक्लैले ८६ रनको योगदान दिएका थिए । उनले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
१४७ रनको लक्ष्य गुयाना अमेजन वारियर्सले इनिंगको २१ बल बाँकी छँदै पूरा गर्यो । उसका लागि वेष्ट इण्डिन यू¬(१९ टोलीका सदस्य सिम्रन हेटमेयरले ७९ रनको अविजित शानदार पारी खेले । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।
बलिंगमा सन्दीपका अलावा सेन्डन कोट्रेलले पनि २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।