दुई प्रकारका पासपोर्ट थपिने

 साउन २५, २०७५ शुक्रबार ११:१४:४० | उज्यालो सहकर्मी

काठमाडौं — सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ । अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब दुई प्रकारका थपिन लागेको हो । 

सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

थपिने दुई प्रकारका पासपोर्टमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था विधेयकमा गरिएको छ । 

यस्तै, विदेशमा पानीजहाजमा काम गर्नेहरूका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रूपमा लग बुक उपलब्ध गराइने विधेयकमा प्रस्ताव गरिएको छ । पानीजहाजमा काम गर्नेका लागि राहदानी र भिसाको समस्या नहोस् भनेर यस्तो व्यवस्था गरिएको सरकारले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया