कतारमा रोजगारदाता परिवर्तन गर्न यी प्रक्रिया अपनाउनुहोस्

 असोज १५, २०७७ बिहिबार ११:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।

यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।

कसरी गर्ने त काम परिवर्तन ?

१. रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।

दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने । रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने ।

यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने । सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फारामसमेत संलग्न गर्नु पर्दछ ।

रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली Electronic Notification system of ADLSA लिंकमा गएर दिने । सूचना दिईसकेपछि कामदार र जान चाहेको रोजगारदाता कम्पनीलाई एसएमएसबाट जानकारी आउँछ ।

२. नयाँ रोजगारदातासँग रोजगार करार गर्ने । नयाँ रोजगारदाता कम्पनीले कामदारसँग छलफल गरी करार पत्र बनाउनेछन् । करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण गर्नको लागि Digital Authentication लिंकमा गएर गर्ने ।

३. कतारको नयाँ आईडी बनाउने । करार पत्र प्रमाणिकरण भएपछि नयाँ रोजगारदाता कम्पनीले कतार आईडीको लागि मिनिष्ट्रि अफ इन्टेरियरमा अनुरोध गर्ने । नयाँ रोजगारदाता कम्पनीले कतार आईडी र हेल्थ कार्ड बनाइदिनुपर्छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया