माल्टा पठाइदिन्छु भन्दै झण्डै ४९ लाख रुपैयाँ ठगीको अभियोगमा एक व्यक्ति पक्राउ

 असोज २२, २०७७ बिहिबार १९:८:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

माल्टा पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नगद पैसा लिएपछि फरार रहेका सुरजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया