चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
इण्डोनेसियामा अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।
राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइने भएको हो । प्रतियोगिताको समयमा ट्राफिक समस्या बढी हुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न भनिएको छ ।
जाकार्ता एजुकेशन एजेन्सी जेईएका कार्यकारी प्रमुख बोबो रियानाटाले विद्यालय बन्द गर्ने फैसलाले विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने दावी गरेका छन् ।
सामान्य दिनकै जस्तो शिक्षकले गृहकार्य दिने पनि उनले बताए ।
राजधानी जाकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।