दाहाल यज्ञनिधि: बाँचुञ्जेल साहित्य र रेडियाेलार्इ, मृत्युपछि चिकित्सा शिक्षालार्इ

 साउन २६, २०७५ शनिबार १७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दान दिइएको छ ।

स्वर्गीय दाहालका परिवारले शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको उपस्थितिमा पार्थिव शरिर शिक्षण अस्पताललाई बुझाएका हुन् ।  

अब स्वर्गीय दाहालको पार्थिव शरिरबाट चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीले विभिन्न प्रयोगात्मक अभ्यास गर्नेछन् । पार्थिव शरिर नहुँदा शिक्षण अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलाप गर्न गाह्रो हुँदै आएको थियो  ।

स्वर्गीय दाहालकै इच्छा अनुसार परिवारले घरमै बसेर शोक मनाउनेछन् । दुवै मृगौला फेल भएपछि लामो समयदेखि डायलासिस गराउँदै आउनुभएका दाहालको ६५ वर्षको उमेरमा शुक्रबार ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो ।

नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित दाहाल यज्ञनिधि २०१० सालमा खोटाङको खाल्लेमा जन्मनुभएको हो ।

रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्छ ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसले प्रयोग गर्ने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई विस्तार गर्नुभएका साहित्यकार दाहाल यज्ञनिधिको ‘जदौका निबन्ध’ नामको एकमात्र कृति प्रकाशित छ । 

याे पनि पढ्नुहाेस् 

बज्यो बज्यो जोर सनई, खुल्यो खुल्यो जदौको जस्केलो !

http://ujyaaloonline.com/story/4436

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया