हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य असफल, गोताखोर टोली फर्कियो

 साउन २७, २०७५ आइतबार ९:५२:२२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – हिमतालमा ढुबेर बेपत्ता विद्यार्थीको खोजी कार्य असफल भएको छ । करिब एक साता देखि गोक्यो हितालमा डुबेर बेपत्ता विद्यार्थीको खोजी सम्भव नभएपछि शनिबार गोताखोर टोली फर्किएको हो ।

हिमतालमा पानीको सतह धमिलो हुनका साथै मौसम प्रतिकुलताका कारण उद्धार गर्न कठिनाइ भएका कारण टोलि फर्किएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ । 

पानी अत्याधिक चिसो भएकाले पनि खोजी कार्य थप प्रभावित भएको गोताखोर टोलीले जनाएको थियो ।

४ दिन देखि खोजिमा सकृय गोताखोरको टोलीले बुधबार एक विद्यार्थीको निकाले पनि बाँकी दुईजना विद्यार्थीको खोजी गर्न असफल भएको खुम्बु पासाङल्हामु गाउपालिकाले जनाएको छ । बेपत्ताको खोजी गर्ने क्रममा शुक्रबार एक जना गोताखोर घाइते भएका छन् । 

खोजी गर्ने क्रममा खुट्टा मर्किएर एक जना गोताखोर घाइते भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना मगरले जानकारी दिनुभयो । गएको साउन १९ गते शनिबार शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामु–४ का ३३ जना विद्यार्थी मध्ये ३ जना विद्यार्थी पौडी खेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

याे पनि पढ्नुहाेस् । 

गोक्यो हिमतालमा डुबेर ३ विद‍्यार्थी बेपत्ता

बेपत्ता विद्यार्थीको खोजीमा सेना परिचालन

हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा गोताखोरसहितको टोली, अझै उद्धार हुन सकेन

गोक्यो हिमतालमा बेपत्ता तीनमध्ये एक विद्यार्थीको शव निकालियो


 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया