विदेशमा कार्यरत थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण

 कात्तिक १६, २०७७ आइतबार ११:४:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ – गएको हप्ता विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा कार्यरत नेपाली रहेका छन् ।

 गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको हप्ता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना कोरोना सङ्क्रमण देखिएको हो । थप नेपालीमा सङ्क्रमण पुष्टि भए पनि गएको हप्ता कोही पनि नेपालीको विदेशमा कोरोनाको कारण ज्यान गएको छैन । 

अहिलेसम्म विदेशमा ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित नेपाली मध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत निको भएको स्वास्थ्य समितिले जनाएको छ । 

अहिलेसम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया